सहकारी ठगीमा रविमाथि छानविनको आदेश आउने सम्भावना

सहकारी ठगीमा रविमाथि छानविनको आदेश आउने सम्भावना
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाउपर सुनुवाई सकिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको २ नम्बर इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दाको बहस भर्खरै सकिएको हो । अदालतले आजै फैसला सुनाउने तयारीसमेत गरेको छ । 

अदालत स्रोतका अनुसार सहकारी ठगीमा लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहरी र पूरक जाहेरी परेको तथा अनुसन्धान प्रतिवेदनमा समेत नाम उल्लेख भएको देखिएको हुँदा महान्याधिवक्ता कार्यालयको पत्र बदर गरी अनुसन्धान जारी राख्नु भन्ने कोणबाट फैसला आउने सम्भावना छ ।

सहकारी ठगीमा लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहरी र पूरक जाहेरी परेको तथा अनुसन्धान प्रतिवेदनमा समेत नाम उल्लेख भएको देखिएको हुँदा महान्याधिवक्ता कार्यालयको पत्र बदर गरी अनुसन्धान जारी राख्नु भन्ने कोणबाट फैसला आउने सम्भावना छ । 

यसअघि कतिपयले सरकार अल्पमतमा परिसकेकाले रिटको उपादेयता सकिएको दाबी गरेका थिए । तर, गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल पदमै रहेका कारण रिटको औचित्य रहिरहेकाले निवेदकको मागअनुसार नै फैसला आउने बुझिएको छ । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको जिकिर गर्दै उनलाई पदबाट निलम्बन गर्न मागसहित अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । सहकारी ठगीमा गृहमन्त्रीविरुद्ध कहीँ कतै कुनै उजुरबाजुर र अनुसन्धान नभएको भन्दै ‘क्लिनचिट’ को पत्र दिने महान्यायाधिवक्ता कार्यालयलाई पनि रिटमा विपक्षी बनाइएको छ ।

राजनीतिक चासो जोडिएको यो मुद्दा कहिले हेर्न नमिल्ने,कहिले हेर्न नभ्याइनेमा पर्दै पछिल्लो पटक ११ दिन हेर्दाहेर्दैमा रहेको थियो ।

टिप्पणीहरू