राष्ट्रपतिद्वारा फ्रान्सस्थित राजदूतलाई थप जिम्मेवारी

राष्ट्रपतिद्वारा फ्रान्सस्थित राजदूतलाई थप जिम्मेवारी
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका राजदूत सुधिर भट्टराईलाई मोनाकोको गैरआवासीय राजदूतमा नियुक्ति गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले उक्त जिम्मेवारी थप गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत श्री सुधिर भट्टराईलाई मोनाकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ।
 

टिप्पणीहरू