सेटिङ मिलाएर घुस खाने वडाध्यक्ष अख्तियारको फन्दामा

सेटिङ मिलाएर घुस खाने वडाध्यक्ष अख्तियारको फन्दामा
सुन्नुहोस्

घुस लिने बिचौलिया र घुस लिन निर्देशन दिने जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ का वडाध्यक्ष भाईकृष्ण तामाङ्ग र बिचौलिया ध्रुर्वबहादुर कडायतविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

व्यवसाय स्थानान्तरणका निम्ति सिफारिस र दर्ता प्रयोजनका लागि कडायतले सेवाग्राहीसँग घुस माग गरेका थिए । घुस मागेको सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले दुई लाख नगद र चेक लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । 

अनुसन्धानका क्रममा कडायतले वडाध्यक्ष तामाङ्गको निर्देशनमा घुस लिएको पुष्टि भएको उनको भनाइ छ । घिमिरेका अनुसार तामाङ्ग र कडायतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगोबमोजिमको जरिवाना सजाय मागदाबी गरी भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।

टिप्पणीहरू