मध्यरातमा खुट्टा लर्बराउँदै मन्त्रीहरुले त्यागे पद

मध्यरातमा खुट्टा लर्बराउँदै मन्त्रीहरुले त्यागे पद
सुन्नुहोस्

संघीय सरकारमा आउन लागेको सत्ता समीकरण फेरबदलको असर प्रदेश सरकारमा पर्न थालेको छ । एमाले मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष संयुक्त राजीनामा बुझाएसङ्गै सोही श्रृंखला प्रदेशतिर पनि देखिने क्रम शुरु भएको छ ।

लुम्बिनीमा हिजो राति अबेर एमाले मन्त्रीहरुले माओवादी मुख्यमन्त्री जोखबहादुर महरासमक्ष राजीनामा दिएका छन् । सरकार ढल्ने क्रममा  आयोजित रात्रिभोजपछि उनीहरुले राजीनामा बुझाएका हुन् ।

हिजो बिहानै मुख्यमन्त्री महराले एमालेले प्रदेश सरकारबाट समर्थन फिर्ता लैजाने र मन्त्रीहरुले राजीनामा दिने भेउ पाइसकेका थिए । त्यसैले बिदाइको नाममा हतार हतार रात्रिभोजको आयोजना गरियो ।

मन्त्रीमा नियुक्त भएको एक साता पनि नभएकाले पद छाड्नुपर्ने तोडमा उनी भोजको अन्तिमतिर घ्वाँ घ्वाँ रोइन्। केसीलाई सम्झाउने क्रममा माओवादी मन्त्री तथा नेताहरुले ‘यस्तै हो राजनीति’ भन्दै मन सम्हाल्न आग्रह गरेका थिए ।

बाहिर गर्मी भए पनि भोजस्थलमा थरीथरी माछा,मासुुका पकवान,पुलाउ र सिलप्याक पेय पदार्थको प्रबन्ध गरिएको थियो । भोजमा सहभागी एकजनाले भने,‘सबैले मस्तसँग खायौं । अन्तिममा एमाले मन्त्रीले राजीनामा बुझाए ।’

एमाले मन्त्रीहरुले राजीनामा बुझाएपछि भर्खरै  माओवादीबाट नियुक्त कृष्णा केसी नमूना भने निन्याउरो अनुहारमा देखिएकी थिइन् । मन्त्रीमा नियुक्त भएको एक साता पनि नभएकाले पद छाड्नुपर्ने तोडमा पूर्व लडाकू उनी भोजको अन्तिमतिर घ्वाँ घ्वाँ रोइन् । केसीलाई सम्झाउने क्रममा माओवादी मन्त्री तथा नेताहरुले ‘यस्तै हो राजनीति’ भन्दै मन सम्हाल्न आग्रह गरेका थिए ।

टिप्पणीहरू