सरकार छाड्नु परेपछि खाना सप्लायर ?

सरकार छाड्नु परेपछि खाना सप्लायर ?

आमचुनावमा कन्जरभेटिभ पार्टीको पराजयपछि बेलायती निवर्तमान प्रधानमन्त्री ऋषि सुनकको सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको छ । 

बिहिबार सम्पन्न आमनिर्वाचनमा प्रधानमन्त्रीको पार्टी कन्जरभेटिभले शर्मनाक पराजय व्यहोरेको छ । पहिलेको चुनावमा भन्दा ८ प्रतिशत कम मतदान भए पनि कन्जरभेटिभले अघिल्लो चुनावमा भन्दा २० प्रतिशत कम मत ल्याएको छ ।

खसेको मतमध्ये लेबर पार्टीले ३५ प्रतिशत र कन्जरभेटिभले २४ प्रतिशत प्राप्त गरेका छन् । अन्य दलमध्ये रिफर्मले १५ प्रतिशत,लिबरल डेमोक्र्याटिकले १३ प्रतिशत र ग्रीनले ७ प्रतिशत मत प्राप्त गरेका छन् ।

झण्डै डेढ दशकपछि लेबर पार्टी सत्तामा पुगेको छ । प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजीनामा दिइसके । यसअघिकी प्रधानमन्त्री लिज ट्रस छ सय तीस मतले पराजित भइन् भने ऋषिको क्याबिनेटका एक दर्जन मन्त्री पनि हारेका छन् । पार्टी हारे पनि ऋषिले भने हार्नुपरेन  ।

अहिले उनै सुनकलाई सामाजिक सञ्जालमा अनेक विशेषण भिराउँदै छेडखानी गरिएको छ । एक जनाले राजनीति छाडेर नयाँ पेशा अपनाउँदै गरेको भनेर व्यङ्ग्य गरेका छन् । 

म्याकडोनाल्डबाट खानेकुराको झोला बोकेर घरतर्फ निस्केका उनको पुरानो फोटो राखेर नयाँ पेशा शुरु गर्न लागे भनिएको छ । सुनकले ‘डेलिभरी ड्राइभर’ को काम थालेको भनिए पनि यो फोटो फेक रहेको सजिलै अनुमान लगाउन सकिन्छ । उनी अहिले पनि निर्वाचित सांसद हुन् ।

टिप्पणीहरू