घण्टीले खाेस्याे महामन्त्री मुकुलकाे सबै जिम्मेवारी

घण्टीले खाेस्याे महामन्त्री मुकुलकाे सबै जिम्मेवारी
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्रै रहनेगरी महामन्त्री र प्रवक्ताकाे जिम्मेवारीबाट हटाएकाे छ ।  

यसअघि बसेकाे बैठकले अनुशासन उल्लंघन गरेको भन्दै ढकाललाई एक साताको लागि निलम्बन गरेको थियो । पार्टीको अनुशासन आयोगले फेरि हिजो ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाउन सिफारिस गरेको थियो । तर आजको बैठकले भने अनुशासन आयोगको सिफारिस संशोधन गर्दै ढकाललाई साधारण सदस्यसम्म रहने गरी कारवाही गरेको छ । उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको छ । 

यो सानो आवाजको मात्र घण्टी बजेको हो, ठूलो आवाजको घण्टी बज्न अझै बाँकी छ, हेर्दै जानुस् । बैठकले जे निर्णय गरोस्, तर म घण्टी बजाइरहन्छु, बजिरहन्छ ।’

उता ढकालले पार्टीको निर्णयले राजनीतिक भविष्यमा केही प्रभाव पारे पनि आफ्नो विचारलाई कुनै प्रभाव नपार्ने बताएका छन् । आफ्नो प्रतिवदेनले रास्वपामा भर्खर सानो आवाजको घण्टी बजेको र ठूलो घण्टी बज्नै बाँकी रहेको ढकालकाे तर्क छ । 

  
‘अब कसरी अघि बढ्नुहुन्छ ?’ भन्ने जनआस्थाको प्रश्नमा उनले भनेका छन्,  ‘म पदकै लागि रास्वपामा लागेको हैन । र अहिले जुन मेरो प्रतिवेदनले यत्रो सबै भइरहेको छ, यो सानो आवाजको मात्र घण्टी बजेको हो, ठूलो आवाजको घण्टी बज्न अझै बाँकी छ, हेर्दै जानुस् । बैठकले जे निर्णय गरोस्, तर म घण्टी बजाइरहन्छु, बजिरहन्छ ।’

टिप्पणीहरू