सत्ता स्वार्थले सिंहदरबारलाई मसानघाट बनाइएको दाबी

सत्ता स्वार्थले सिंहदरबारलाई मसानघाट बनाइएको दाबी
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले कांग्रेस र एमालेले सरकारलाई दिनानुदिनको काम गर्नसमेत नदिएको बताएका छन् । नयाँ सरकार आउँदैछ भनेर दुई पार्टीका नेताहरुले सिंहदरबारका कर्मचारीहरुलाई धम्क्याइएको उनले दाबी गरे । 

‘अहिले विपतको बेला राहत र उद्धारमा सहयोग गनुपर्नेमा हामी आउदैछौ, सरकारलाई असहयोग नगर भनेर कर्मचारीलाई खबरदारी गर्ने कामले सिंहदरबारलाई मसानघाट बनाएको छ’, आज प्रतिनिधिसभा बैठकमा सांसद ढकालले भने । 

विपदको यो बेलासमेत सरकारलाई कामै गर्न नदिएको भन्दै आक्रोश पोखेका उनले नक्कली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा प्रक्राउ परेपछि रातारात नयाँ समीकरण बनेको बताए ।  

‘यो बीचमा फाइल खोल, खोल भन्ने चुनौती पनि आएका छन्, तर भुटानी शरर्णर्थीको फाइल खोलेर बेचन झा समातिनेबित्तिकै समिकरण नै फेरबदल भयो, यो किन ?’, उनको प्रश्न छ । 

सांसद ढकालले ३० वर्षयता प्रधानमन्त्री बन्नेहरुको सूचीसमेत सार्वजनिक गर्दै त्यहि समयमा भ्रष्टाचार मौलाएको जिकिर गरेका छन् । ‘केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ, देउवाजी पनि छैटौ पटक प्रधानमन्त्रीको ध्याउन्नमा रहेको सुनेको छु'. उनले सोधे,,'तपाईहरुकै कार्यकतालमा होइन देशमा कुशासनमा मौलाएको ? चरम भ्रष्टाचार मौलाएको ? देश अधोगतिमा लागेको ?’
 

टिप्पणीहरू