इण्डोनेसियाको सपना बिआरआईद्वारा साकार

इण्डोनेसियाको सपना बिआरआईद्वारा साकार
सुन्नुहोस्

इण्डोनेसियाको ‘द्रुतगति’ को रेल्वे सपना पूरा भएको छ । यतिखेर त्यहाँका नागरिक ‘हाई—स्पीड रेल्वे’ को आनन्द लिइरहेका छन् ।

जकार्तादेखि बान्डुङसम्म बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् ‘बीआरआई’ परियोजना अन्तर्गत बनेको ‘हाई—स्पीड रेल्वे’ रेललाई इण्डोनेसियाको आर्थिक विकासको लागि उत्प्रेरकको भन्न थालिएको छ ।

मुलुकका ठूला दुई शहर जोड्ने ‘द्रुतगति’को रेलमार्गले हिजोआज अधिक चर्चा पाएको बताइन्छ । इण्डोनेसियाले आफ्नो पहिलो हाई—स्पीड रेल्वेको उद्घाटन अघिल्लो वर्ष मात्रै गरेको थियो । उक्त रेल सेवा ‘बीआरआई’ अन्तर्गतको ऋण परियोजनाबाट निर्माण गरिएको हो ।

इण्डोनेसियाको राजनीतिक नेतृत्व र नागरिक समाज यतिखेर दंग देखिन्छ । बेलामौकामा घरेलु कारण परियोजना रोकिएपनि चीनसँगको बीआरआई सम्झौता समयमै कार्यान्वयन भएको हो । अन्य मुलुकले प्रस्ताव गरेकोभन्दा इन्डोनेसियाले सस्तोमा ऋण प्राप्त गरेको थियो ।

चीनको विशाल पूर्वाधार लगानीभित्र एसियादेखि अफ्रिका हुँदै यूरोपसम्म बेग्लै सपना छ । त्यसो त चीन आर्थिक विकासमा प्रतिबद्ध छ । इन्डोनेसियालीहरूले ‘हाई—स्पीड रेल्वे’ परियोजना सम्पन्नपछि आफ्नो मुलुकको अर्थतन्त्रका लागि नयाँ युगको सुरुवात भएको बताएका छन् ।

बीआरआई चीनको नेतृत्वमा रहेको बृहत् पूर्वाधार परियोजना हो । जसले विकासको गतिलाई विश्वभर फैलाउने लक्ष्य राखेको छ । यो चिनियाँ नेतृत्वले परिकल्पना गरेको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार परियोजनाहरूमध्ये एक हो ।

सन् २०१३ मा राष्ट्रपति सी चिनफिङले विकास र लगानी बाँड्ने उद्देश्यले नयाँ चिनियाँ योजना प्रस्तुत गर्नुभएको थियो । मूलतः भौतिक पूर्वाधारको माध्यमबाट एसिया र युरोपलाई जोड्न चाहने उक्त परियोजना एसिया, अफ्रिका, यूरोप हुँदै ल्याटिन अमेरिकासम्म फैलिएको छ । 

यसले चीनको आर्थिक र राजनीतिक प्रभावलाई उल्लेखनीय रूपमा फराकिलो बनाएको छ । सँगसँगै बीआरआईको परियोजना सफल कार्यान्वयन गरेका देशले पनि अनेकौँ लाभ लिइरहेका छन् ।

इण्डोनेसियाको द्रुतगतिको रेलमार्गलाई आर्थिक र सामाजिक परिदृश्य परिवर्तन गर्न एक महत्वपूर्ण कदम ठानिएको छ । परियोजनाले १४२ किलोमिटरको दूरीलाई नाटकीय रुपमा घटाएको छ ।

अर्को रोचक पक्षचाहिँ अधिकांश यात्रुले रेल्वेमार्फत् यात्रागर्दा उल्लेख्य राजस्व उठेको छ । अर्थात्, बीआरआईबाट लिइएको ऋण चाँडै तिर्न इन्डोनेसिया उद्दत देखिन्छ ।

उच्चस्तरीय वार्ता र रणनीतिक सहकार्य मूलतः चिनियाँ राष्ट्रपति सी र इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको प्राथमिकता पनि हो । राष्ट्रपति सी र इण्डोनेसियाका राष्ट्रपति जोकोेसँग बेइजिङमा भएको भेटपछि उक्त परियोजनाले मूर्त रुप लिएको थियो ।

त्योबेला राष्ट्रपति सीले विगत एक दशकमा चीन र इण्डोनेसियाको सहयोगी प्रयासबाट हासिल भएको उल्लेखनीय प्रगतिबारे प्रकाश पार्दै थप आर्थिक विकासको लागि हौसला समेत दिनुभएको थियो । 

राजनीतिक नेतृतवको छलफल र सहयोगको माध्यमबाट साझा विकासको मार्गदर्शक सिद्धान्तले दुवै देशका नागरिकलाई विकास प्रवद्र्धन गर्न र पर्याप्त लाभ पुर्याउन महत्वपूर्ण भूमिका खेलेको त्यतिबेलादेखि नै बताइएको थियो ।

बीआरआईको आडमा इण्डोनेसियाले दुई ठूला शहरलाई तीव्रगतिको रेलसँग जोडेर व्यापारिक र पर्यटन—उद्योगको विकासलाई प्रवद्र्धन गरेको छ । यातायात प्रणालीको आधुनिकीकरण अत्यावश्यक सुविधाको लागि मात्र होइन, यो आर्थिक गतिविधिलाई बढावा दिने र जनताको जीवनस्तरमा सुधार गर्ने बलियो पक्ष पनि प्रमाणित भएको छ ।

भिडियाे स्राेत : सिजीटीएन ।

टिप्पणीहरू