संविधान संशोधनबारे मधेसको चासो
नेपाली कांग्रेस र नेकपा (एमाले) ले अघि सारेको भनिएको संविधान संशोधनको मुद्दालाई लिएर सरोकारवालाहरुले चासो राखेका छन् ।
स्थिर सरकार र राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्न दुई ठूला दल संविधान परिवारजनको बाटोमा अगाडि बढेको चर्चा चलिरहँदा मधेशी एकता समाजले यसबारे अन्तरक्रिया गर्न लागेको छ । सरोकारवालाहरुको उपस्थितिमा भोलि असार २६ गते दिउँसो १ बजे अन्तरक्रिया कार्यक्रम आयोजना हुने समाजले जनाएको छ ।
'सम्भावित संविधान संशोधन : मधेशी र अन्य सीमान्तकृत समुदायका सरोकार' विषयक अन्तरक्रियामा राजनीतिक विश्लेषक सिके लाल,कृष्ण हाछेथु, सुरेन्द्र चौधरी,तुलानारायण साह,राकेश मिश्र,डा. बबी सिंहलगायत वक्ता रहने जनाइएको छ ।
कांग्रेस र एमालेबीच मौजुदा मिश्रित निर्वाचन प्रणाली संशोधन गरी प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणाली कायम गर्ने सहमति भएको चर्चा छ । संविधान संशोधनका लागि दुई तिहाई पुर्याउन मधेश केन्द्रित दुई दल लोसपा र जसपा, नेपाललाई समेत दुई दलको मोर्चामा सामेल गराउने तयारी चलिरहँदा मधेशका सरोकारवालाहरुले चासो राखेका हुन् ।
टिप्पणीहरू