दुर्गा प्रसाईले कांग्रेस-एमाले मिलनको भित्रि कुरा सार्वजनिक गर्ने

दुर्गा प्रसाईले कांग्रेस-एमाले मिलनको भित्रि कुरा सार्वजनिक गर्ने
सुन्नुहोस्

मेडिकल व्यवसायी तथा 'राजावादी अभियन्ता' दुर्गा प्रसाईं उर्फ मार्सीले वर्तमान सत्ता समीकरण भत्किएर नयाँ बन्नुको कारणबारे गुह्य कुरा खोल्ने भएका छन् । 

'राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियान'को संयोजकसमेत रहेका उनले भक्तपुरस्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गरेर कांग्रेस र एमालेबीच भएको सत्ता समीकरणको भित्रि रहस्य उजागर लागेका हुन् । दिउँसो ३ बजे हुने भनिएको पत्रकार सम्मेलनमार्फत दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने अवस्था आउनुको पछाडिका कारण सार्वजनिक गर्ने दाबी गरिएको छ । 

बैंक तथा वित्तीय संस्थाको 'ज्यादती' विरुद्ध भन्दै प्रसाईं नेतृत्वको महाभियानले यसअघि विभिन्न व्यक्तिको फोटो सार्वजनिक गर्ने गरेको थियो । सोहीअन्तर्गत आज पहिलो दर्जाका नेता, तीनका परिवार, सांसद र उच्च पदस्थ कर्मचारीदेखि अख्तियारसम्म हुने सेटिङको स-प्रमाण पर्दाफास गर्ने जनाइएको छ । 

'गठबन्धन भत्किनु र नयाँ समीकरणसम्मको विकसित राजनैतिक घटनाक्रमको धरातलीय कारणको समेत यस पत्रकार सम्मेलनमा उजागर गरिने छ', प्रसाईंले फेसबुकबाट भनेका छन् ।

टिप्पणीहरू