घर जाने बेला गृहमन्त्री अध्यागमनतिर

घर जाने बेला गृहमन्त्री अध्यागमनतिर
सुन्नुहोस्

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अध्यागमन विभागको अनुगमन गर्न जाने भएका छन् । उनी केही बेरमा काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागको निरीक्षणमा जान लागेका हुन् । 

त्यहाँको कामको अवस्थाबारे बुझ्न उनी त्यता जान लागेको स्रोतले बतायो । ‘गृहमन्त्रीज्यू केही बेरमा अध्यागमन विभाग जाने भन्ने छ । त्यहाँ कसरी काम भइरहेको छ भन्ने निरीक्षण गर्न जान लाग्नुभएको हो’,स्रोतले भन्यो । 

नेपाली काँग्रेस र नेकपा एमालेको सत्ता सहकार्यसँगै वर्तमान सरकार संकटमा परेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वासको मत लिँदैछन् । प्रचण्डले विश्वासको मत पाउने सम्भावना कम रहेकाले वर्तमान सरकारमा भएका मन्त्रीहरु घर जाने देखिएको छ ।

टिप्पणीहरू