दुई सय सैनिक अधिकृतको एकै लटमा जिम्मेवारी हेरफेर

दुई सय सैनिक अधिकृतको एकै लटमा जिम्मेवारी हेरफेर

नेपाली सेनाले करिब दुई सय जना अधिकृतको एकमुष्ठ सरुवा गरेको छ । आगामी साउन १ गतेदेखि लागु हुनेगरी जंगी अड्डाको सैनिक सचिव विभागले अस्ति १९९ जनालाई एकै लटमा सरुवा तथा कमाण्ड नियुक्ति गरेको जानकारी दिइएको छ ।

विभिन्न गण,तालिम केन्द्र तथा नेपाल क्याभ्लरी कमाण्डमा नियुक्ति हुनेहरुको पहिलो नम्बरमा मनोविज्ञान अध्ययन तथा परामर्श शाखाका प्रमुख सेनानी धिरज थापा छन् । उनलाई देवीदत्त गणको गणपति बनाइएको छ । प्रमुख सेनानी ३५ जनालाई सरुवा र जिम्मेवारी हेरफेर गरिएको छ ।

त्यस्तै गुल्म कमाण्ड नियुक्तिमा २५ जना सेनानीको सरुवा भएको छ भने सरुवा नियुक्तिमा प्रमुख सेनानी,सहसेनानी र उपसेनानी गरेर १३९ जना छन् । सरुवा सूचीको अन्तिम १९९ मा नम्बर २४ वाहिनी अड्डाका उपसेनानी (लेखा) प्रवेश खड्कालाई नम्बर २७ वाहिनी अड्डा पुर्याइएको छ ।

टिप्पणीहरू