सिंहदरबारमा क्याबिनेट बैठक शुरु

सिंहदरबारमा क्याबिनेट बैठक शुरु

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याबिनेट बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीका मन्त्रीहरु अधिकांशको उपस्थिति रहेको बताइएको छ ।

प्रधानमन्त्री दाहालले संसदको भोलिको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले पछिल्लो डेढ वर्षमा भोलि पाँचौ पटक विश्वासको मत लिन लाग्नुभएको हो । एमालेले विश्वास फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेपछि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

असार १७ गते राति नेपाली काँग्रेस र एमालेबीच भएको सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनाउने उल्लेख छ । 

आजको क्याबिनेट बैठकमा निमित्त मुख्य सचिव लीलादेवी गर्तौला उपस्थित हुनुहुन्छ ।
 

टिप्पणीहरू