काँग्रेस सभापति र एमाले अध्यक्षबीच पत्र साटासाट
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे तयार पारिएको सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँ पदमुक्त हुनुभएको छ । त्यसलगत्तै नयाँ सरकार गठनको निम्ति सभापति देउवा र अध्यक्ष ओलीबीच कागजातमा हस्ताक्षर भएको हो ।
टिप्पणीहरू