प्रचण्डलाई खुमलटारमा भव्य स्वागत

प्रचण्डलाई खुमलटारमा भव्य स्वागत
सुन्नुहोस्

कामचलाउ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निजी निवास खुमलटारमा भव्य स्वागत गरिएको छ । 

आज साँझ पदमुक्त भएलगत्तै बालुवाटारको सरकारी निवास छाडेर खुमलटार जानुभएका उहाँलाई स्थानीय नागरिक, संघसंस्था र माओवादी नेता–कार्यकर्ताले स्वागत गरेका हुन् । त्यसक्रममा प्रचण्डले उपस्थित जनसमुदायलाई सम्बोधन गर्नुभएको छ । 

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि आजको प्रतिनिधिसभा बैठकमा प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको थियो । त्यसपछि पदमुक्त हुनुभएका उहाँ शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेपछि खुमलटार जानुभएको हो ।

टिप्पणीहरू