प्रचण्डद्वारा जातेजाते दुर्घटनाको कारण खोजी

प्रचण्डद्वारा जातेजाते दुर्घटनाको कारण खोजी
सुन्नुहोस्

कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमलताल बस दुर्घटनापछिको खोज र उद्धार कार्यको अवस्थाबारे जानकारी लिनुभएको छ। 

तीनवटै सुरक्षा अंगका प्रमुखलाई आज बिहान निजी निवास खुमलटार बोलाएर उहाँले बस दुर्घटनापछिको समग्र अवस्थाको जानकारी लिनुभएको हो । साथै उहाँले उद्दार कार्यलाई तीब्रता दिन निर्देशनसमेत दिनुभयो । 

सुरक्षा निकायका प्रमुखहरुसँगको सो भेटमा प्रधानमन्त्रीले यस्ता दुर्घटनामा जोखिम मोलेर खोज,राहत र उद्दारमा संलग्न भएकोमा सुरक्षाकर्मीलाई धन्यवाद पनि दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले राजनैतिक परिस्थिति जस्तो भएतापनि स्थायी सरकारको रुपमा  कर्मचारीतन्त्र र सुरक्षा निकायलाई अविचलित र अभिछिन्नरुपमा जनताको सेवा गर्न आग्रह पनि गर्नुभयो ।
 

टिप्पणीहरू