बालकोटमा चहलपहल बाक्लो
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि बालकोटमा नेता–कार्यकर्ताको आवतजावत बाक्लिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएपछि एमालेपंक्ति उत्साहित छ ।
चौथोपटक प्रधानमन्त्रीकाे जिम्मेवारी बोकेका उनलाई नेता–कार्यकर्ताले थप हौसला बाँडिरहेका छन् । अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिन र नमस्कार गर्न बालकोट जानेहरूको ज्यादै भीडभाड छ ।
त्यस्तै, "बा" अभियान मध्येकी एक अभियन्ता एमाले केन्द्रीय सदस्य निरु पाल खादा र मालाकाे भारी बाेकेर बालकाेट पुगेकी छन् ।
उनले सबैभन्दा पहिले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली बधाई तथा शुभकामना दिइन् ।
तल्लो तहका नेता–कार्यकर्ता बधाई दिन बालकोट पुगे पनि एमालेका अधिकांश सांसद नमस्कार गर्ने निहुँ पारेर ओलीको नजरमा पर्न दौडिरहेका देखिन्छन् ।
टिप्पणीहरू