शपथ नखाँदै नयाँ प्रधानमन्त्री पूर्व राष्ट्रपतिलाई भेट्न जानुको के होला तात्पर्य ?

शपथ नखाँदै नयाँ प्रधानमन्त्री पूर्व राष्ट्रपतिलाई भेट्न जानुको के होला तात्पर्य ?
सुन्नुहोस्

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न आज बेलुका उहाँको निवास चपली पुग्नुभयो । ओली राष्ट्रपति रामचन्द्र पौडेलले साँझ साढे ५ बजे प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै पूर्वराष्ट्रपतिलाई भेट्न जानुभएको हो ।

उहाँहरूबीच नेपाली काँग्रेस र एमालेबीचको नयाँ समीकरण र भोलि गठन हुने मन्त्रिमण्डललगायत विषयमा छलफल भएको बताइए पनि चुरो कुरो अर्कै भएको कर्ण थापा र गोकुल बास्कोटाहरुको ब्याख्या छ । भण्डारीलाई पार्टीमा आफूपछिको नेतृत्वमा स्पेश दिने रोडम्यापबमोजिम प्रधानमन्त्री ओली शपथ ग्रहण नगर्दै बालकोटबाट बूढानीलकण्ठ नजिकै रहेको उहाँको निवास पुग्नुभएको बताइन्छ ।

‘शपथ नगर्दै उता जानुको उद्देश्य राजनीतिक म्यासेज दिनु रहेको’ उल्लेख गर्दै एमाले स्रोत भन्छ,‘बालकोटपछिको पावर सेन्टर चपली भएको सन्देश दिन यो भेटघाट भएको हो । आज प्रधानमन्त्री स्वयम् नै यसरी शपथअघि त्यता गएपछि भोलि अरु मन्त्रीलाई पनि शपथ नखाँदै वा खाइसकेपछि लगत्तै चपली जानैपर्ने मनोवैज्ञानिक बाध्यता आइलागेको छ ।

दिपा शर्मा र गोकुल बाँस्कोटामध्ये एक जनालाई नयाँ मन्त्रिमण्डलमा समावेश गरिदिए हुन्थ्यो भन्ने पूर्व राष्ट्रपति भण्डारीको चाहना रहँदै आएको चपली स्रोतको दाबी छ ।

टिप्पणीहरू