बिरालोलाई कुँडे ,दिपक खड्कालाई ऊर्जा
लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर सम्झौताबमोजिमको रकम नतिरेको र सम्झौतापछि पनि उक्त जग्गा कब्जामा लिएको आरोप लागेका दिपक खड्काले ऊर्जा,जलस्रोत तथा सिन्चाईमन्त्रीको जिम्मेवारी पाएका छन् । नेपाली काँग्रेसले संखुवासभाबाट निर्वाचित सांसद खड्कालाई उक्त मन्त्रालय भाग लगाएको छ ।
डलर अर्बपति तथा विवादास्पद व्यापारी विनोद चौधरीको समेत लगानी रहेको ७.२ मेगावाटको माथिल्लो पिलुवा जलविद्युतमा खड्का मुख्य लगानीकर्ता छन् । त्यस्तै १२० मेगावाटको रसुवा भोटेकोशीमा पनि उनी लगानीकर्ता हुन् । ९० प्रतिशत चिनियाँलाई बिक्री गरे पनि उनको १० प्रतिशत लगानी छ ।
मुलुकको जलविद्युत र ऊर्जामा भारतीय स्वार्थ अनुकूल काम भइरहेको आरोप लागेको बेला चौधरीको दौडधुपपछि खड्कालाई उक्त मन्त्रालयको जिम्मा दिनुलाई अर्थपूर्ण मानिएको छ ।
सुशील कोइराला प्रधानमन्त्री भएको बखत उनले रसुवा भोटेकोशीको लाइसेन्स फुत्काएका थिए । त्यतिबेला ऊर्जामन्त्री एमालेकी राधा ज्ञवाली थिइन् ।
टिप्पणीहरू