प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध मुध्दा दर्ता

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध मुध्दा दर्ता
सुन्नुहोस्

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उता शीतल निवासमा प्रधानमन्त्री ओलीको सपथ ग्रहण समारोह चलिरहँदा खगेन्द्र चापागाई, शैलेन्द्र गुप्ता र दीपक अधिकारी लगायतले रिट लगेका हुन् । 

उनीहरुले रिटमा संविधानको धारा ७६ (२) अनुसार भएको प्रधानमन्त्री नियुक्ति बदर माग गर्दै धारा ७६ (३) अनुसार नयाँ नियुक्तिको आदेश माग गरेको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । उनका अनुसार रिटमा राष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाइएको छ । 

प्रवक्ता उप्रेतीले जनआस्थासँग भने, ‘रिट केहीबेर अघि दर्ता भयो,पेशी ६ गतेलाई तोकिएको छ ।’  

हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै सपथसमेत लिइसक्नु भएको छ ।

टिप्पणीहरू