सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था गरिने स्वास्थ्य मन्त्रीको दाबी
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आगामी केही दिनभित्र सरकारी अस्पतालमा हुने गरेको बिरामीको लामो लाइनलाई सहज बनाइने बताउनुभएको छ । उहाँले पदभार ग्रहण गर्दै उक्त जानकारी गराउनुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा राष्ट्रिय क्यान्सर रणनीति २०२४–२०३० स्वीकृत गरिएको छ । क्यान्सरका बिरामी बढेकाले यसको नियन्त्रणतर्फ आवश्यक कदम चालिने जानकारी दिनुभएको छ । साथै स्वास्थ्य बिमा र स्वास्थ्य पूर्वाधारहरूको विकास गरिने बताइएको छ ।
पहिलो पटक मन्त्री भएकाले सबैसँग सल्लाह गरेर काम गर्ने जानकारी दिँदै पौडेलले भन्नुभयो, ‘एक महिनाभित्र सरकारी अस्पतालमा हुने गरेको ठूलो लाइनलाई व्यवस्थित पारिने छ ।’
टिप्पणीहरू