चुनाव आउनु कहिले–कहिले जाने नाम अहिले !

चुनाव आउनु कहिले–कहिले जाने नाम अहिले !

अमेरिकी राष्ट्रपतिको निर्वाचन आउँदो नोभेम्बर महिनामा हुने भए पनि पर्यवेक्षक प्रतिनिधिका रूपमा प्रमुख आयुक्त दिनेश थपलियासहित ३ जनाको टोलीलाई अमेरिका जाने अनुमति नेपाल सरकारले दिएको छ ।

करिब ५ महिनापछि हुने निर्वाचनका लागि अहिले नै गरिँदा त्यसमा आयुक्त नाम सिफारिस सगुनसमशेर जबरा भने टोलीमा छैनन् । अमेरिकाले प्रमुख आयुक्त र एक जना महिलासहित तीन जनालाई आतेजाते टिकट र खाने–बस्ने प्रबन्धसहितको निमन्त्रणा गरेको थियो ।

नोभेम्बरअघि निर्वाचन आयुक्तहरूको ताइवानमा हुने सम्मेलनमा भने अर्का आयुक्त राणाले भाग लिने स्रोतको दाबी छ । सो सम्मेलनमा एशियाबाट ३९ देशका निर्वाचन आयुक्तले भाग लिनेछन् ।

यसैबीच, दक्षिण एशियाली निर्वाचन आयोगको समिति (खिम्बोसा)को ११ औं सम्मेलन आयोजना गर्ने तयारी भइरहेको छ । गतसाल यस संस्थाको १०औं सम्मेलन भुटानको राजधानी थिम्पुमा भएको थियो । सदस्य देशहरूले ७। ७ वर्षमा एकपल्ट सम्मेलनको अवसर पाउने गरेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू