ओली सरकारले क्याविनेटका निर्णय एक दिन गोप्य राख्ने

ओली सरकारले क्याविनेटका निर्णय एक दिन गोप्य राख्ने
सुन्नुहोस्

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु तत्कालै सार्वजनिक नगर्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकारको प्रवक्तामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ । 

पहिलो मन्त्रिपरिषद्का निर्णयहरुबारे सञ्चारकर्मीहरुलाई जानकारी दिएका प्रवक्ता गुरुङले अबका दिनमा २४ घण्टापछि मात्र निर्णय सार्वजनिक गर्ने बताए । कुनै पनि निर्णय परिपक्क हुन समय चाहिने भएकाले यस्तो गर्नुपर्ने उनको भनाई छ ।

सार्वजनिक महत्वको कुनै निर्णय तत्काल जानकारी गराउनुपरे क्याविनेटले नै निर्णय गरेर बाहिर ल्याउने प्रवक्ता गुरुङले स्पष्ट पारे ।

टिप्पणीहरू