रहरले प्रधानमन्त्री नबनेको एमाले अध्यक्षको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको निम्ति आफू प्रधानमन्त्री बनेको बताउनुभएको छ । सिन्धुपाल्चोक एमाले जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले रहरले प्रधानमन्त्री नबनेको उल्लेख गर्नुभयो ।
‘मैले यत्तिकै रहरले प्रधानमन्त्रीको पद लिएको होइन, प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ’, उहाँले भन्नुभयो, ‘सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढङ्गले पाओस् भन्नका लागि हो ।’
प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै जनतामा नयाँ आशा र भरोसा जागेको पनि दाबी गर्नुभयो । ‘सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन, सरकार समय–समयमा परिवर्तन भइरहन्छ, तर यस परिवर्तनले जनतामा एउटा नयाँ आशा, भरोसा जगाएको छ’, उहाँले थप्नुभयो ।
उहाँले हिजो बसेको पहिलो क्याबिनेट बैठकमा मन्त्रीहरुलाई एक महिनाभित्र नतिजा दिनेगरी कार्य गर्न निर्देशन दिनुभएको थियो ।
टिप्पणीहरू