बालेनले पनि के राखे र बाँकी

बालेनले पनि के राखे र बाँकी

केही काम देखाएर त्योभन्दा बढी हल्लाकर्ममा माहिर काठमाडौंका मेयर बालेन अहिले कार्यपालिकाभित्रै संकटमा परेका छन् ।

समय सकिन लाग्यो, तर नगरसभा बस्न सकेको छैन । अरुमाथि प्रश्न उठाउन सजिलो, आफैंले चाहिँ प्रश्न सामना गर्नुपरे कस्तो हुन्छ बालेनबाट बुझ्न सकिन्छ । पहिले विभिन्न दिवंगत नेताका नाममा स्थापित प्रतिष्ठानलाई महानगरले दिँदै आएको ३०–३० लाख अनुदानमाथि आपत्ति जनाए । अहिले आफैं फ्रान्स जाँदा खर्च भएको २१ लाखमाथि प्रश्न उठ्ने भएपछि आपतमा परेका छन् ।  

गैरीगाउँ, सिनामंगलस्थित आफ्नै घरमा बस्छन् । लैनचौरस्थित मेयरको सरकारी निवासमा कोही बस्दैनन् । तर, त्यसको पुनःनिर्माणका नाममा ४९ लाख रुपैयाँ छुट्टयाएका छन् । अघिल्ला मेयर विद्यासुन्दर शाक्यले राखेका पाँच जना मान्छेसँग रिस साँधेर उनीहरुलाई जागिरबाट निकाले । अहिले आफूचाहिँ सामान्य बाटोको ठेक्कासमेत आफ्नै मान्छेले पाउनुपर्ने भनिरहन्छन् । निर्माणको कुरा आयो कि, उनको सचिवालयका मानिस जाने र काम गराउने गरेको गुनासो छ । 

यिनै कुरामा उपमेयर सुनीता डंगोलले बालेनको आलोचना गरिन् । उनको स्वार्थअनुसारका योजना र बजेट पेश नगर्ने भइन् । यसबीच सुनिता पोर्चुगल र ब्राजिल जाने कार्यक्रम थियो । बालेनले उपमेयरको अनुस्थितिबीच नगरसभा बोलाउने र आफैंले नीति तथा कार्यक्रम वाचन गर्न लागेका थिए । तर, सुनिताले भ्रमण रद्द गरिन् ।

कांग्रेस–एमालेका वडाध्यक्षलाई नेताका नाममा पैसा बाँडेको आरोप लगाएर जनता भड्काउन खोज्ने बालेन आफैंलेचाहिँ आत्महत्या गरेका ¥यापर यमबुद्धको शालिक बनाउने नाममा बजेट विनियोजन गरेका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू