फाराम भरेकालाई मात्रै रास्वपाको अन्तरक्रियामा प्रवेश

फाराम भरेकालाई मात्रै रास्वपाको अन्तरक्रियामा प्रवेश
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मौद्रिक नीतिबारे अन्तरक्रिया गर्न लागेको छ । पर्सि पार्टीको अर्थनीति र उद्योग तथा वाणिज्य विभागको संयुक्त आयोजनामा मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

बत्तीस पुतलीस्थित शिल्पी थिएटरमा गरिने कार्यक्रममा सभापति रवि लामिछानेले बोलेपछि उपसभापति डा.स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य गणेश पराजुलीले धारणा राख्नेछन् ।

त्यसैगरी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा, नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल र क्लिन इनर्जी डेभलपमेन्ट बैंककी पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेकी वर्षा श्रेष्ठलाई पनि बोलाइएको जानकारी दिइएको छ ।

सहजकर्ताको रुपमा अनिल केशरी हुनेछन् । रास्वपाले कार्यक्रममा सहभागी हुन इच्छुकलाई फाराम भर्न आह्वान गरेको छ । सिट संख्या सीमित भएकोले इच्छुकलाई समयमै फाराम भर्न भनिएको छ ।

टिप्पणीहरू