अझै पनि प्रचण्ड नै प्रधानमन्त्री ?

अझै पनि प्रचण्ड नै प्रधानमन्त्री ?
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार बिहान राष्ट्रपति भवन, शीतल निवासमा शपथग्रहण गर्नुभयो । लगत्तै पुष्पकमल दाहाल प्रचण्ड निवर्तमानको हैसियतमा पुग्नुभयो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेवसाइटमा सोमबार फोटो र नाम फेरियो । बुधबार बिहानसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखे पनि जीवनी भने अघिल्ला प्रधानमन्त्री प्रचण्डकै यथावत थियो ।

‘कायममुकायम मुख्यसचिव गड्तौलाले प्रधानमन्त्रीको परिचय लेख्ने जिम्मेवारी सचिव पुष्करलाई दिएकी थिइन् । तर,गृहसचिव बन्ने ध्याउन्नमा रहेका पुष्करले त्यतातिर चासो नदिएपछि बिडम्वनापूर्ण अवस्था आइलागेको हो ।

अस्ति दिउँसोदेखि प्रधानमन्त्रीको जीवनी भाग खाली छ । यसअघि तीन पटक प्रधानमन्त्री भइसक्नुभएका ओलीको जीवनीबारे प्रधानमन्त्री कार्यालय बेखबर हुनु अर्को आश्चर्यको बिषय हो । एक जना सहसचिवले भने, ‘मुख्यसचिवसहित चार जना सचिव कार्यरत छन् । तर,प्रधानमन्त्रीको जीवनी र परिचय लेख्ने जाँगर कसैलाई नलाग्नु र काम लगाउन नखोज्नु उदेकलाग्दो छ ।’

यतिखेर प्रधानमन्त्री कार्यालयमा कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलासहित सचिवहरु कृष्णहरि पुष्कर,खगेन्द्रप्रसाद नेपाल,सरजुकुमार वैद्य र नारायणप्रसाद शर्मा दुवाडी कार्यरत छन् ।

उच्च स्रोत भन्छ, ‘कायममुकायम मुख्यसचिव गड्तौलाले प्रधानमन्त्रीको परिचय लेख्ने जिम्मेवारी सचिव पुष्करलाई दिएकी थिइन् । तर,गृहसचिव बन्ने ध्याउन्नमा रहेका पुष्करले त्यतातिर चासो नदिएपछि बिडम्वनापूर्ण अवस्था आइलागेको हो ।’

टिप्पणीहरू