काँग्रेस र एमालेको ढाड चिलाएको रवि लामिछानेलाई जानकारी

सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेस र नेकपा (एमाले) को ढाड चिलाएको बताएका छन् । पार्टीको एक कार्यक्रममा बोल्दै अब दुई दलले एकअर्काको ढाड कन्याएर बस्ने दाबी गरेका छन् । 

‘अब के हुन्छ भने हरेक कुरामा खुलमखुला भागबण्डा हुन्छ । खुलमखुला भ्रष्टाचार हुन्छ’, उनले भने, ‘ढाड त दुवै दलको चिलाएको छ, एकअर्काको ढाड कन्याइन्छ ।’ निवर्तनमान गृहमन्त्री समेत रहेका लामिछानेले जनतामा राजनीति र सत्ताप्रति घृणित भाव पैदा हुँदै गएको उल्लेख गरे । 

कुनै गल्ती नगरेर पुराना दलसँग सहकार्य गर्दैमा पनि आफूहरुले गाली खाएको उनको भनाई थियो । ‘सिंहदरबार चलाउन पनि पहिला सिंहदरबार त छिर्नुपर्यो नि, हामीले कुनै गल्ती त गरेका छैनौं, तर किन सत्तामा गएको भनेर पो गाली खायौँ त’, उनले थपे ।
 

टिप्पणीहरू