अध्यक्ष नेतृत्वको सरकारलाई एमालेको ३१ बुँदे सुझाव
नेकपा एमालेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले गर्नुपर्ने कामबारे सुझाव दिएको छ ।
वामपन्थी समीकरण छोडेर कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गरेको एमालेले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीवद्ध सुझाव प्रस्तुत गरेको हो । आज दिउँसो प्रधानमन्त्री ओलीलाई भेटेर एमाले प्रतिनिधि मण्डलले लिखित सुझावपत्र पेश गरेको छ ।
सुझावपत्रमा सरकारले तत्कालै चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्न सकिने कामको सूची छ । झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त सुझावदेखि जनताको निराश चिर्न र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकारले गर्नुपर्ने काम समेटिएको छ ।
गत असार २१ गते बसेको एमाले केन्द्रीय विभागहरूको बैठकले सरकारलाई ठोस सुझाव दिने निर्णय गरेको थियो । त्यसैका आधारमा १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको उपमहासचिव प्रदिप ज्ञवालीले बताए ।
टिप्पणीहरू