उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रको बचाउमा रास्वपा

उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रको बचाउमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभामुख इन्दिरा रानामगरले भीसाको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्रको बचाउ गरेको छ । रानामगरले दूतावासमा पठाएको पत्रको बचाउ गर्दै विज्ञप्ति जारी गरेको छ । 

रास्वपाले उपसभामुखले भीसाको लागि आग्रह गरेको पत्रमा लेखिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा मुलुक बाहिर नगएको र आर्थिक लेनदेन भएको नदेखिएको दाबी गरेको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न कूटनीतिक निकाय एवम् जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्रै होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ ।’ 

उपसभामुखबारे गरिएको अनर्गल प्रचारलाई कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयासको रूपमा रास्वपाले बुझेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू