उपसभामुखमाथि संसद बैठकमा मानव तस्करीको गम्भीर आरोप

उपसभामुखमाथि संसद बैठकमा मानव तस्करीको गम्भीर आरोप
सुन्नुहोस्

सांसद रामहरि खतिवडाले उपसभामुखले मानव तस्करी गरेको आरोप  लगाएका छन् । उनले संसदमा सूचना बेचेको मान्छे आफूले नदेखेको तर मान्छे बेच्ने भएको आशंका गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेलाई संकेत गर्दै खतिवडाले भने, ‘संसदमा सूचना बेच्ने यहिँ छन् भनेको सुनेको थिएँ । सूचना बेच्ने त देखिनँ, मान्छे बेच्ने चाहिँ यतै छन् कि क्या हो अनुसन्धान हुनुपर्छ ।’

उनले भने, ‘चिन्दै नचिनेको मान्छेलाई कसरी सिफारिस कसरी गरियो ? पहिले एक जना मन्त्रीले अमेरिका लैजान सिफारिस गरेको आधारमा राजीनामा दिनुपरेको थियो, त्यसैले छानबिन हुनुपर्छ । अन्यथा राजीनामा दिनुपर्छ ।’

काँग्रेस सांसद रामहरि खतिवडाले पाँच जनालाई अमेरिकाको भीसा अन्तर्वार्ताको निम्ति सिफारिस गरेकाले पदीय आचरणअनुरुपको कार्य नभएकाले उपसभामुखले राजीनामा दिनुपर्ने दाबी गर्नुभएको हो ।

टिप्पणीहरू