ओलीको नेतृत्वमा देशले उन्नतीको बाटो समात्ने देउवाको दाबी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्षमतावान नेता भन्दै प्रशंसा गर्नुभएको छ ।
ओलीलाई मेहनती, अध्यनशील र अनुभवी प्रधानमन्त्रीका रुपमा चित्रित गर्दै उहाँले यहि सरकारको पालमा देशले उन्नतीको बाटो समात्ने बताउनुभयो ।
‘प्रधानमन्त्री अत्यन्तै मेहनती, अध्यनशील र अनुभवी हुनुहन्छ, उहाँका मन्त्रीमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ’, प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले भन्नुभयो, ‘सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा मुलुकले उन्नतीको बाटो समात्नेछ भन्ने विश्वास छ ।'
मुलुकको राजनीतिलाई स्थीरतातर्फ उन्मुख गराउन सरकार गठन भएको र यसले सफलता पाउनेमा पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।
‘असार १७ गते भएको सात बुँदे सहमति कार्यान्वयन गर्न कांग्रेस दृढ रुपमा प्रतिबद्ध र एमाले पनि प्रतिबद्ध छ भन्नेमा विश्वसस्त छ’, उहाँले थप्नुभयो ।
उहाँले सरकारलाई विधिको शासन र संविधान कार्यान्वयन, लगानीको उचित वातावरण निर्माण र आर्थिक शिथिलतालाई चलायमान गराउदै रोजगारी सिर्जना गर्न सुझाव पनि दिनुभयो ।
टिप्पणीहरू