तथ्यांक तोडमोड गरेर भावनात्मक भाषण नगर्न प्रधानमन्त्रीलाई सुझाव

तथ्यांक तोडमोड गरेर भावनात्मक भाषण नगर्न प्रधानमन्त्रीलाई सुझाव

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मुलुकको आर्थिक अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीका भनाईको तथ्यसहित खण्डन गरेका छन् । 

आज प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्दै ओलीले अर्थतन्त्र निकै खराव अवस्थामा रहेको बताएका थिए । तर,पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले भने त्यस्तो निराशा नरहेको दाबी गर्दै नेकपाकालमा ओली दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री भएका बेलाभन्दा अहिले अर्थतन्त्र सवल रहेको तथ्याङ्क पेश गरे । 

'२०७४–७५ मा केपी शर्मा ओली प्रधानमन्त्री बन्दा कूल राष्ट्रिय ऋण २६ प्रतिशत रहेको थियो । अर्को बर्ष एकैपटक ३० प्रतिशत पुग्यो । २०७७ सालसम्म ३८ प्रतिशत पुग्यो । साढे ३ वर्ष लगातार ३ वर्ष नेतृत्व गरेर सरकार छोड्ने क्रममा हाम्रो राष्ट्रिय ऋण ४० दशमलव ८ प्रतिशत थियो भने आज त्यही कुरा ४१ प्रतिशतको हाराहारीमा छ', उनले भने । 

प्रधानमन्त्री ओलीलाई संसदमा भावनात्मक भाषण गरेर जनतामा निराशा नजगाउन पुनले आग्रह गरे । 

'२०७४–७५ मा केपी शर्मा ओली प्रधानमन्त्री बन्दा कूल राष्ट्रिय ऋण २६ प्रतिशत रहेको थियो । अर्को बर्ष एकैपटक ३० प्रतिशत पुग्यो । २०७७ सालसम्म ३८ प्रतिशत पुग्यो । साढे ३ वर्ष लगातार ३ वर्ष नेतृत्व गरेर सरकार छोड्ने क्रममा हाम्रो राष्ट्रिय ऋण ४० दशमलव ८ प्रतिशत थियो भने आज त्यही कुरा ४१ प्रतिशतको हाराहारीमा छ',

'प्रधानमन्त्रीज्यूले चार वटा निराशा प्रस्तुत गर्दै आफू नेतृत्वको सरकारले त्यसलाई चिर्ने बताउनुभयो,तर तथ्यगत रुपमा भन्दा त्यस्तो होइन । अर्थतन्त्र विस्तारै लयमा आइरहेको छ',उनले भने, 'प्रधानमन्त्रीज्यूको भाषण लेख्दिेने विज्ञले ध्यान दिनुहोला,को हुनुहुन्छ, भाषण भावनात्मक भन्दा पनि तथ्यगत हुनुपर्छ ।'

गत वर्षमात्र नेपालले एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात गरेको जानकारी गराउँदै उनले कोभिड महामारीले शिथिल बनाएको अर्थतन्त्र विस्तारै लयमा आउनुलाई सकारात्मक रुपमा लिनुपर्ने तर्क गरे । 

'गत वर्ष एक खर्बभन्दा बढी आइटी सेवा निर्यात भएको छ र आगामी दश वर्षलाई हामीले आइटी दशक भनेका छौँ । त्यो बजेटको प्रधानमन्त्रीले अपनत्व लिनुहुन्छ कि हुँदैन ? मेरो प्रश्न छ', सांसद पुनले प्रश्न गरे । 

दुई ठूला दलले गलत ढंगबाट सरकार गठन गरेकाले सत्य लुकाउन गलत तर्क दिएर जनतालाई भावनामा बहकाउन खोजेको उनको ठहर छ । यस्तो स्थिति आउनु दु:खद रहेको पुनले बताए ।
 

टिप्पणीहरू