बागमतीमा सरकार गठनका लागि दुई दिनको म्याद

बागमतीमा सरकार गठनका लागि दुई दिनको म्याद

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज राजीनामा दिएपछि उनले साउन ८ गतेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा (२)  बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मंगलबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न भनिएको छ । 

‘माननीय प्रदेश प्रमुख श्री यादवचन्द्र शर्माज्यूले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम माननीय मुख्यमन्त्री श्री शालिकराम जम्कट्टेलज्यूले मिति २०८१–०४–०६ गते  राजीनामा दिनुभएकोले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि माननीय प्रदेश प्रमुखज्यू समक्ष आफ्नो दाबी मिति २०८१–०४–०८ गते मंगलबार बेलुका ५ बजेभित्र पेश गर्न आह्वान गर्नुभएको छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ । 

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएसँगै नेपाली काँग्रेसका नेता बहादुरसिंह लामालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने तयारी थालिएको छ ।

टिप्पणीहरू