लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भोलि साँझ ६ः३० बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई दाबी पेश गर्न भनिएको छ ।
मुख्यमन्त्री जोखबहादुर महराले आज राजीनामा दिएसँगै लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया थालिएको हो । यहाँ केन्द्रमा जस्तै नेपाली कांग्रेस र एमालेले मिलेर सरकार बनाउने तयारी गरेका छन् ।
टिप्पणीहरू