संसदमा पुष्पलालकाे सम्झना

संसदमा पुष्पलालकाे सम्झना

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई सांसदहरुले सम्झिएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरुले ४६औँ स्मृति दिवसकाे सन्दर्भमा नेपाली राजनीतिमा पुष्पलालले खेलेको भूमिका र योगदानको स्मरण गरेका हुन् । 

नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले पुष्पलालले जीवनभर सत्ताको लोभ नदेखाएको बताए । उनले भने, ‘उहाँ मन्त्री हुनुभएन, प्रधानमन्त्री हुनुभएन र पनि उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक योगदान दिनुभयो ।’

त्यस्तै, माओवादी केन्द्रका सांसद जर्नादन शर्माले पुष्पलालले गरेको त्याग र बलिदानकै कारण नेपाली कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताए । राष्टिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले पनि पुष्पलालको संघर्ष र बलिदानको स्मरण गर्दै श्रद्धासुमन प्रकट गरे । 

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची छ । त्यसअघि आकस्मिक समयमा बोल्ने अन्य सांसदहरुले पनि कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको योगदानको चर्चा गरे ।
 

टिप्पणीहरू