तीनै तहका सरकारको कार्यक्षेत्र स्पष्ट पार्न रास्वपाको माग

तीनै तहका सरकारको कार्यक्षेत्र स्पष्ट पार्न रास्वपाको माग
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्व तयारीबारे छलफलको प्रस्ताव दर्ता गराएको छ । 

रास्वपाकी सांसद तोसिमा कार्कीले उक्त प्रस्ताव आज संसद सचिवालयमा दर्ता गराएकी हुन् । प्रस्तावको समर्थकमा सांसदहरु सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, असिम शाह, निशा डाँगी र विन्दवासिनी कंशाकार छन् । 

प्रस्तावमा जनताको जीवनको सुरक्षा गर्ने दायित्व बहन गर्नुपर्ने, मौलिक हक अधिकारको सुनिश्चित गर्नुपर्ने, राज्यसँग प्राप्त स्रोत–साधनको जानकारी राख्न र सदुपयोग गर्नुपर्ने, आकस्मिक स्वास्थ्य संकट हुनसक्ने, तीन तहको सरकारबीच स्पष्ट कार्यक्षेत्र विभाजन गर्नुपर्ने र विपद्को विषयमा संसदले पूर्व सक्रियता देखाउनुपर्ने लगायतलाई छलफल गर्नुपर्ने कारण देखाइएको छ ।

टिप्पणीहरू