नवनियुक्त मुख्यमन्त्रीको शपथ भोलि बिहान
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले भोलि शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले भोलि बिहानका लागि शपथ ग्रहण तय गरेको हो ।
भोलि बिहान पौने ११ बजेदेखि शपथ ग्रहण समारोह शुरु हुने कार्यालयले जनाएको छ । ‘बागमती प्रदेशका नवनियुक्त माननीय मुख्यमन्त्रीज्यूको शपथ ग्रहण समारोह मिति २०८१ साल साउन ०९ गते बुधबार बिहान १०ः४५ बजेबाट शुरु हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बागमती प्रदेशको मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका छन् । लामालाई नेकपा एमालेको २७ र नेपाली काँग्रेसका ३७ गरी ६४ सांसदको समर्थन रहेको छ ।
टिप्पणीहरू