जनआस्थाका पत्रकारको ज्यान मार्ने धम्कीविरुध्द पत्रकार संगठनहरु आक्रोशित

सुन्नुहोस्

आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति माओवादी केन्द्र निकट प्रेस सेन्टरले आपत्ति जनाएको छ । 

सेन्टरका महासचिव सन्तोष पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भर्त्सना गरेका छन् । साउन ८ गते मंगलबार नेकपा विप्लव समूहको विद्यार्थी संगठन अखिल (समाजवादी) को सचिवालय सचिव बताउने व्यक्तिबाट आएको ज्यान मार्ने र संस्था  बमले उडाइदिने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । 

यस घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गर्न तथा आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारमाथि भौतिक तथा अन्य माध्यमबाट धम्की दिने,सूचना प्रवाहमा अवरोध गर्ने तथा स्वतन्त्र प्रेसमाथि आक्रमण गर्ने गतिविधि कुनै पनि पक्षबाट नगर्न तथा हुन नदिने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं’, 

सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित गएर धम्काउनु तथा प्रधान सम्पादकलाई फोनमार्फत ज्यान मार्ने धम्की दिनु प्रेस मान्यताविपरीतको कार्य भएको सेन्टरको भनाइ छ । विज्ञप्तिमा घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।

‘सञ्चारमाध्यमको कार्यालयमा हतियारसहित गएर धम्क्याउने तथा सम्पादकलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने कार्य मानवअधिकारको दृष्टिकोणबाट र संविधानतः प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेसको मान्यता विपरीत छ । तसर्थ,यस घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही गर्न तथा आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारमाथि भौतिक तथा अन्य माध्यमबाट धम्की दिने,सूचना प्रवाहमा अवरोध गर्ने तथा स्वतन्त्र प्रेसमाथि आक्रमण गर्ने गतिविधि कुनै पनि पक्षबाट नगर्न तथा हुन नदिने वातावरण निर्माण गर्न सरकार र सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं’,सेन्टरले भनेको छ । 

त्यस्तै,श्रमजीवी पत्रकारहरुको नेतृत्वदायी संस्था नेपाल पत्रकार महासंघ,मिडिया एक्सन नेपाललगायतका सरोकारवाला निकायले पनि सो घटनाको निन्दा गरेका छन् । 

मंगलबार बिहान १०ः०० बजेदेखि पटक-पटक फोन गरी कपिल सिको परिचयबाट चिनाएका व्यक्तिले अश्लिल गालीगलौज गर्दै प्रधानसम्पादक श्रेष्ठलाई सिध्याइदिने धम्की दिएका थिए । सोही समूहका केही व्यक्ति दिउँसो धोबिघाटस्थित कार्यालयमा कम्मरमा पिस्तोल भिरेर प्रवेश गरी हुलदंगा गर्नुका साथै बमले उडाइदिने धम्की दिएका थिए ।

यो पनि...

1. जनआस्था कार्यालयलाई बमले उडाउने र पत्रकारलाई मार्ने धम्की 

2. शान्तिपूर्ण राजनीति गर्ने विप्लव पार्टीले "चरी" र "घैँटे" को भाषा बोल्ने हो र !

टिप्पणीहरू