सल्लाहकारलाई प्रधानमन्त्रीद्वारा फूलको बुके र लड्डु

सल्लाहकारलाई प्रधानमन्त्रीद्वारा फूलको बुके र लड्डु

प्रधानमन्त्री केपी शर्मा ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त भएका छन् । पौडेललाई प्रधानमन्त्री ओलीले फूलको बुके र लड्डु प्रदान गरेर स्वागत गर्नुभएको एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष पौडेल एमाले केन्द्रीय सदस्य हुन् । प्रधानमन्त्रीले गतसाता उपमहासचिव विष्णु रिमाललाई प्रमुख राजनीतिक सल्लाहकार र डा. युवराज खतिवडालाई आर्थिक तथा विकास सल्लाहकारमा नियुक्त गर्नुभएको थियो ।

टिप्पणीहरू