अस्वीकार गर्ने काँग्रेस–एमालेको निर्णय,कृष्णमान आफैँ ब्याक
संसदीय सुनुवाइ समितिले प्रस्तावित कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन नगर्दै सत्तारुढ दल नेपाली काँग्रेस र एमालेले संस्थागत रुपमा अस्वीकार गर्ने निर्णय गरेको छ ।
यौन दुर्व्यवहार मुद्दामा मिलापत्र गरेको आरोप लागेपछि प्रधानलाई आयुक्त नबनाउन चर्को दबाब परेको भन्दै उनीहरुले उक्त निर्णय गरेका हुन् । निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध १ करोड २५ लाखको चेक बुझेर अदालतमा मिलापत्र गर्ने पीडित भनिएकी महिलाले नै आफूमाथि यौनशोषण भएको र दबाबमा मिलापत्र गरिएको उजुरी हालेकी थिइन्।
लामो समयसम्म निर्णय गर्न नसकेपछि समिति सदस्यहरुले उजुरीसँगै उजुरीकर्तासँग छलफल गरेका थिए । त्यसैगरी सत्तारुढ दलका शीर्ष नेताहरुसँग समेत छलफल भएको बताइन्छ ।
प्रधानले आफूमाथि लागेको आरोपको अदालतले यसअघि नै निरुपण गरिसकेको बताउँदै आएका र आजै आफ्नो नाम फिर्ता लिएका छन् ।
टिप्पणीहरू