काँग्रेस–एमाले नेताहरुले रास्वपामाथि तथाकथित आरोप लगाएको रवि लामिछानेको दावी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइलहरुलाई सरकारले गाड्ने प्रयास गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले प्रमाण रहेका फाइलहरुलाई सरकारले लुकाउने प्रयास गरेको आरोप लगाएका हुन् ।
‘बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईंहरूले गाड्ने प्रयास गर्नुभयो जुन फाइलमा प्राण थियो,’ उनले भने, ‘त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोशिस हामीले गरेका हौँ ।’
निवर्तमान गृहमन्त्री समेत रहेका लामिछानेले रास्वपा ठूला दलहरुको टार्गेटमा रहेको पनि बताए । नेपाली काँग्रेस र एमालेका नेताहरुले रास्वपालाई कमजोर पार्न तथाकथित आरोपहरु सिर्जना गरिरहेको उनको भनाई थियो । ‘प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको काँग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पुराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अब यी नयाँलाई ठीक पार्नुपर्छ, एउटा एउटा आरोप लगाइदिनुपर्छ भनेर मिलेको कुरा पनि स्पष्ट हुन्छ’, उनले थपे ।
टिप्पणीहरू