एक सातामै विश्वासको मत लिँदै मुख्यमन्त्री

एक सातामै विश्वासको मत लिँदै मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका लामाले आजै विश्वासको मत लिन लागेका हुन् । 

नेपाली कांग्रेस संसदीय दलको नेतासमेत रहेका लामालाई नेकपा एमालेको समर्थन छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसदले उनको पक्षमा मतदान गर्ने छन् । 

२१ सिटको माओवादी केन्द्रका र सात सांसद रहेको एकीकृत समाजवादी विपक्षमा रहने निश्चितजस्तै छ ।  

११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद भए पुग्छ ।

टिप्पणीहरू