बधाई थाप्दै कृषिमन्त्रीले भने- विषादी प्रयोग नगरौँ
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई थाप्ने कार्यक्रममा उनले विषादी प्रयोगको न्यूनीकरणमा जोड दिएका हुन् । अन्नबालीमा विषादीको प्रयोग कम गरे रोगहरु घट्ने र सबैलाई फाइदा पुग्ने मन्त्री अधिकारीको भनाइ छ ।
मन्त्रालयले गर्नसक्ने सहयोगका लागि प्रतिवद्धता जनाउँदै उनले रैथानी बालीको बेवास्ता गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे । कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पुर्याउन आफूले सक्दो प्रयास गर्ने पनि अधिकारीले बताए ।
‘हामीले रैथाने बाली बेवास्ता गरेका छौँ । विकासे बालीलाई किराहरु लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन । मल प्रयोग नगरी सुख छैन । वस्तुको मलले फल्दैन । अवस्था अत्यन्त गम्भीर छ', उनले भने, 'विषादी सम्भव भएसम्म न्यूनीकरण गरौँ । विषादी प्रयोग नगरौँ । हामीले यो कुरालाई तिब्रताकासाथ लैजान सक्यौँ भने बढी फाइदा हुन्छ । रोग धेरै घट्छ ।'
कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिंगो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्नेमा मन्त्री अधिकारीको जोड छ ।
टिप्पणीहरू