राजा वीरेन्द्रसँगको माधव नेपालको त्यो ‘टसल’

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीहरु हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले त्यस्तो विचार प्रकट गर्नुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको भन्दै प्रसन्नता व्यक्त गर्नुभएको छ । 

‘नयाँ विद्यार्थी, नयाँ युवाहरु एक सय एक प्रतिभाशाली छन् । संसारमा पनि कीर्तिमान कायम गरेका छन् । नेपाली युवाहरु जुनसुकै क्षेत्रमा पढाईको क्षेत्रमा होस्, अनुसन्धानको क्षेत्रमा होस्, चाहे सगरमाथा आरोहण गर्ने क्षेत्रमा होस् वा युद्धको मैदानमा । ब्रिटिस सेनालाई पराजित गर्ने हिम्मत गर्ने नेपाली गोरखा सैनिक हो’, उहाँले भन्नुभयो । 

सोही सिलसिलामा बोल्दै जाँदा अध्यक्ष नेपालले २०५१ सालमा आफू रक्षामन्त्री हुँदाको सन्दर्भमा तत्कालीन राजा वीरेन्द्रसँग ‘कडा’ रुपमा प्रस्तुत भएको बताउनुभयो । राजा वीरेन्द्रको चाहनाविपरीत प्रधानसेनापतिलाई बर्खास्त गरेर आफूले आँट देखाएको पुरानो सन्दर्भ उहाँले कोट्याउनुभएको हो । 

‘२०५१ सालमा रक्षामन्त्री भएपछि प्रधानसेनापतिलाई पनि सञ्चालन गर्नुपर्छ । म कडा रक्षामन्त्री थिएँ । प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ । भ्रष्टाचार गरेको हुनाले’, अध्यक्ष नेपालले अगाडि भन्नुभयो, ‘त्यो बेलामा राजा वीरेन्द्र थिए । वीरेन्द्रले एकपटक माफ दिइदिनुस् न त भने मैले भने माफी दिन सकिँदैन । यस्ता मान्छेलाई राखेर नेपाली सेनाको इज्जत बढ्न सक्दैन ।’
 

टिप्पणीहरू