मानव साङ्ग्लो बनाएर सहकारी पीडितहरु सडकमा

मानव साङ्ग्लो बनाएर सहकारी पीडितहरु सडकमा

सरकारले माग सम्बोधनमा चासो नदेखाएपछि सहकारी पीडितहरु पुनः आन्दोलनमा उत्रिएका छन् । सहमति भएको ६५ दिन बित्दासमेत सरकारले माग सम्बोधन नगरेपछि पीडितहरुले प्रदर्शन थालेका हुन् । 

‘सहकारी ठगहरुलाई कडा कारबाही गर’ भन्दै उनीहरुले आज मानव साङ्ग्लो बनाएर प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहकारी पीडितहरुको ठूलो उपस्थिति रहेको छ । रत्नपार्कदेखि मानव साङ्ग्लो बनाएका पीडितहरुले आफ्नो मुखमा कालो टेप टाँसेका छन् । 

पछिल्लो समय मुलुकभरको सहकारीमा समस्या देखिएको छ । अधिकांश सहकारीका सञ्चालक बचतकर्ताको बचत लिएर फरार भएका छन् । यता, सञ्चालनमा रहेका सहकारीले पनि बचतकर्तालाई पैसा फिर्ता दिन सकिरहेको छैन । 

आफ्नो बचत फिर्ता दिलाइदिन र सहकारी ठगहरुलाई कारबाही गर्न माग गर्दै सहकारी पीडितहरुले पटकपटक आन्दोलन गरिसकेका छन् । सरकारले हरेकपटक सहमति गरेर झुलाउँदै आएको सहकारी पीडितहरुको आरोप छ ।

टिप्पणीहरू