काठमाडौं उपत्यकामा लगातार दुई दिन बिदा
सरकारले पर्सि सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटोजात्राका लागि आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा घोषणा गरिएको छ ।
गृह मन्त्रालयले गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिन लागिएको जनाएको छ । ‘मिति २०८०–१०–२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा मिति २०८१ साल साउन २० गते आइतबार काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने’, जारी सूचनामा उल्लेख छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा हरेक वर्ष सार्वजनिक बिदा दिइन्छ । राष्ट्र प्रमुखको उपस्थितिमा ललितपुरको जावलाखेलमा भोटो देखाउने प्रचलन छ ।
भोलि शनिबार र आइतबार भोटो जात्राका कारण उपत्यकामा दुई दिन लगातार बिदा परेको हो ।
टिप्पणीहरू