ठेकेदारबाट सांसद, जनतालाई आपत

ठेकेदारबाट सांसद, जनतालाई आपत

रौतहटका एक प्रदेश सांसदको कारण उनकै क्षेत्रका जनता आजित बनेका छन् । ठेकेदारबाट सांसद बनेका नागेन्द्र साहले ठेक्का सकारेको सडकको काम लामो समयदेखि नगरेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

गौर–पिपरा सडकखण्डको १२ किलोमिटरमा कालोपत्रे र नाला निर्माणको सम्झौता गरेको साह निर्माण सेवा मलंगवा १० ले समय सकिन ३० दिन बाँकी छँदा एक सेन्टिमिटर पनि कालोपत्रे गरेको छैन । 

निर्माणाधीन अवस्थामा गौर–पिपरा सडकखण्डको दर्जनौँ स्थानमा ठूला–साना खाल्डो रहेको, पुल पुलेसाको मुखमा बाटो भासिएको, बाटो खनिएकोलगायत विभिन्न कारणवश बाटो प्रतिदिन जीर्ण बन्दै गएको छ । २० करोड ५० लाख ८६ हजार ९७१.९२ भ्याटसहित रकममा ठेक्का दिइएको हो । 

सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दिपेन्द्र पाण्डेले निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे ! यसतर्फ संघीय सांसद माधवकुमार नेपालको ध्यान जानु आवश्यक रहेको स्थानीय रामलाल दासले बताए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू