कालिका भगवतीलाई एसबिआईको सहयोग, दुई शाखा स्थानान्तरण

कालिका भगवतीलाई एसबिआईको सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंकले बागलुङको कालिका भगवती मन्दिरका लागि आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले मन्दिर संरक्षणका लागि नगद सहयोग गरेको हो ।  

एक औपचारिक कार्यक्रमका बिच बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई सहयोग रकम हस्तान्तरण गरे । सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य पदाधिकारीहरु उपस्थित भएका थिए । 

बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय-समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे छ ।

 

साथै, बागलुङ नगरपालिका–२, लालीगुराँस चोकमा अवस्थित बैंकको शाखा कार्यालय वडा नम्बर ३ स्थित हलन चोकमा स्थानान्तरण गरेको जानकारी दिएको छ । त्यसैगरी, पोखरा महानगरपालिका–८, सभागृह चोकमा रहेको सृजनाचोक शाखा पनि सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरिएको छ । 

दुवै शाखाले नयाँ परिसरबाट सेवा शुभारम्भ गरिसकेको र यसबाट ग्राहकलाई थप सहज हुने बैंकले विश्वास लिएको छ ।

 

एसबिआई बैंकले देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू