एउटा समितिको बैठकमा अनुपस्थित प्रधानमन्त्री राज्य व्यवस्था समितिमा उपस्थित
प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा सहभागी हुनुभएको छ । उहाँ संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सहभागी हुनुभएको छ ।
सिंहदरबारस्थित संसद सचिवालय परिसरमा रहेको समितिको बैठकमा उहाँ झण्डै एक घण्टा ढिलो पुग्नुभएको बताइन्छ । दिउँसो २ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री ओली पौने ३ बजेतिर पुग्नुभएको थियो ।
आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिएको छ । तर उहाँ गतसाता बोलाइएको शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धि समितिको बैठकमा अनुपस्थित हुनुभएको थियो ।
साउन १६ गतेको बैठकमा उहाँले आफ्नो तर्फबाट गृहमन्त्री रमेश लेखकलाई पठाएको जानकारी समितिलाई दिनुभएको थियो ।
टिप्पणीहरू